May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

गुराँस लघुवित्तले गर्यो लाभांश घोषणा

gurans-lagubhiita-bonus-declaration
Biz Sanjal
२०७८ आश्विन ११

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको १६.९० प्रतिशत बोनस शेयर र साे काे कर प्रयाेजनार्थ ०.८८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज १० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड ३४ लाख रुपैयाँ छ। १६.९० प्रतिशतका दरले १ करोड ४१ लाख रुपैयाँबराबरको बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ९ करोड ७५ लाख रुपैयाँ पुग्नेछ।