May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ खुला ,हेर्नुहोस कति सर्वसाधारणका लागि

ipo-results
बिज संजाल संवाददाता
२०७८ आश्विन ११

बुद्धभूमि नेपाल हाइड्रोपावरले आज असोज ११ गते सोमबारबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ८ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ८ लाख कित्ता साधारण सेयर निष्कासन गरेको छ । यस मध्ये ५% अर्थात् ४० हजार कित्ता सामुहीक लगानी कोष र २% अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।येस्मा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट ले गर्नेछ।
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यस आइपीओमा छिटोमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ र त्यस अवधिमा सबै सेयर बिक्री नभएमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।