May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

न्यादी हाइड्रोपावरको आईपीओ सर्वसाधारण को लागि दशैं आगाडी निष्कासन हुने ,हेर्नुहोस कति र कहिले

ipo-results
बिज संजाल संवाददाता
२०७८ आश्विन ९

न्यादी हाइड्रोपावर लिमिटेडले यही असोज १५ गतेबाट रु. २२ करोड ५० लाखको आईपीओ निष्कासन गर्ने भएको छ।कम्पनीले १०० अंकित दरका कुल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४५ हजार कित्ता कर्मचारीका को लागि कम्पनी ले जनाएको छ वने भने ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी २० लाख ९२ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।
न्यादी हाइड्रोपावरको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओमा छिटोमा असोज १९ गते र ऊक्त समय सम्म माग जति आईपीओ बिक्रि नभएमा ढिलोमा असोज ३१ गते सम्म आबेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थारु र तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।