May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
Nepal 1:37:26 pm
Trending

खुला भयो एचआइडीसीएलको सेयर लिलामी ,हेर्नुहोस कहिलेसम्म

बिज संजाल संवाददाता
२०७८ आश्विन ७

जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले आज बिहीबार असोज ७ गतदेखि कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता सेयर लिलामी खला गरेको जानकारी दिएको छ । कम्पनीले सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर लिलामीमा ल्याएको हो । यस लिलामीमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने एचआइडीसीएलले जनाएको छ । असोज १४ गतेसम्म लिलामीको बोलपत्र पेश गर्न सकिनेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० रुपैयाँ बाट गर्न सकिनेछ।
बोलपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिनेछ । यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ । साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ । सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता र संस्थापकतर्फ न्यूनतम १ करोड कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम संख्याको लागि भने कुने हद तोकिएको छैन ।