May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद निष्कासन हुने

बिज संजाल संवाददाता
२०७८ आश्विन ७

एक्सेल डेभलपमेन्ट बैंकले यही असोज २५ गतेबाट आफ्ना सेयरधनीहरुलाई ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने जानकारी दिएको छ। बैंकले चुक्तापुँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको १०ः३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको हो। जसअनुसार बैंकले १०० अंकित दरका कुल २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद जारी गर्नेछ।

बैंकको हकप्रद शेयरको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा एनआईबिएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत कात्तिक १४ गतेसम्म आवेदन दिन पाउनेछन्।