May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

सेयर बजार घट्नेक्रम कहिलेसम,हेर्नुहोस अब बजार कता जाला

share-market
बिज संजाल संवाददाता
२०७८ आश्विन ५

सेयर बजार अहिले निरन्तर घटिरहेको छ । ३ दिनपछि कारोबार हुदा हिजो सोमबार पनि बजारमा पेनिक सेल देखियो। सोमबार बजार समग्रमा ४.०५% ले घटी नेप्से सूचक ११४.०२ अंकले घटेर २६९८.२५ विन्दुमा झरेको छ । सबै कम्पनी हरु घटेका छन् ।विशेषगरी बजारमा नयाँ प्रवेश गरेका र बजार बेस्सरी घटेको नदेखेका लगानीकर्ताहरु बढी पेनिक भएका छन् । उनीहरुले त्रसित भएर सेयर बेच्दा बजार घट्नेक्रम नरोकिएको ब्रोकरहरु बताउँछन् । तर कम्पनीहरुको भाउ निकै तल्लो विन्दुमा आइसकेकाले अब क्रेताहरु हावी हुने पनि उनीहरुको दाबी छ । अर्थमन्त्रीलेदिएको नकारात्मक अभिव्यक्ति पनि बजार घट्ने मेन कारण भएको पनि लगानीकर्ताहरुले जनाएका छन् ।

अधिकांश वाणिज्य बैंक तथा विकास बैंकले मुद्दति निक्षेपको ब्याजदर बढाएका छन्। जसको असर भने बजारमा परेको हो। सेयर बजार र बैंक ब्याजदर ठिक उल्टो सम्बन्ध रहेको हुन्छ। बैंकको ब्याजदर घट्दा सेयर बजार बढ्छ भने बैंकको ब्याजदर बढ्दा सेयर बजार घट्छ।
अहिले सेयर होल्ड गर्न सके अब केही समयभित्रै लाभांश हात पार्न सकिनेछ । यसर्थ, आम लगानीकर्ता यस्तो बेलामा पेनिक हुनु हुँदैन । आफ्नो होल्ड गर्न सक्ने क्षमता समेत अध्ययन गरेर विवेकपूर्ण निर्णय लिन जरुरी हुन्छ । सेयर बजारमा यस्ता घटनाहरु भइरहन्छन् । आम लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनीहरुमा योजनाबद्ध हिसाबले लगानी गर्नुपर्छ । जोखिम बहन क्षमतालाई ख्याल गर्नुपर्छ ।