May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

ऐनले छुट दिएपनि केहि अवस्थामा लगानीको स्रोत खोजिने सरकारले भनाइ , हेर्नुहोस के के मा खोजिने

बिज संजाल संवाददाता
२०७८ आश्विन ५

ऐनले छुट दिएपनि केहि अवस्थामा लगानीको स्रोत खोजिने सरकारले जनाएको छ। सरकारले कस्तो अवस्थामा लगानी स्रोत नखोजिने बारे थप प्रष्ट पारेको छ । अर्थ मन्त्रालयले लगानीको आयस्रोत खोजिने छैन भन्ने व्यवस्थाका सम्बन्धमा भएको सार्वजनिक प्रतिक्रियाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउदै यसबारे थप प्रष्ट पारेको हो। नेपाल सरकार अपराधजन्य कार्यबाट प्राप्त सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी गर्ने कार्य निवारण गर्न एवं भ्रष्टाचार नियन्त्रणसम्बन्धी राष्ट्रिय कानून तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध छ भनि अर्थ मन्त्रालयले जनाएको छ ‘

आर्थिक विधेयक, २०७८ बाट आयकर ऐन, २०५८ को दफा ११ ग. थप गरी राष्ट्रिय महत्वका पूर्वाधार विकास परियोजना तथा उद्योगमा सम्वत् २०८० साल चैत्र मसान्तसम्म गरेको लगानीको आयस्रोत खोजिने छैन भन्ने ब्यबस्था छ ।