May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

प्रस्ताव पारित गर्नको लागि डिप्रोक्स लघुवित्तले डाक्यो साधारण सभा, हेर्नुहोस के के प्रस्ताव हुँदैछन् पारित

बिज संजाल संवाददाता
२०७८ आश्विन ३

डिप्रोक्स लघुवित्त (DDBL) ले असोज २३ गते बिसौँ वार्षिक साधारण सभा गर्ने भएको छ। लघुवित्तले चितवन गार्डेन रिर्सोट, भरतपुर, चितवनमा बिहान ११ बजे सभा बोलाएको छ ।सभाले चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने र नाडेप लघुवित्तलाई प्राप्ति गर्ने कार्य अघि बढाउन नसक्ने भएकोले हालसम्म भएका सम्पूर्ण कार्य अनुमोदन गर्ने, अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थाको समूह ‘ख’ साधारण शेयरधनीहरुमध्येबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्ने कुरा रहेको कम्पनी ले जनाएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले असोज १२ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।