May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

अप्पर स्यांगे हाइड्रोपावरको आइपीओ निष्कासन हुने , हेर्नुहोस कहिले र कति

ipo-results
बिज संजाल संवाददाता
२०७८ आश्विन ३

अप्पर स्यांगे हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्ने तयारी थालेको छ । आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न कम्पनीले असोज २४ गते साधारण सभा बोलाएको छ । कम्पनी ले दिएको जानकारी आनुसार सभा कम्पनीको केन्द्रीय कार्यालय चन्डोल ४ काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियामालीमा संशोधन गर्ने एजेन्डा पनि छ ।
कम्पनीको जानकारी अनुसार , आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन लगायतका प्रस्ताव पनि पेश गरिनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।