May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको शुल्क बढाउने

बिज संजाल संवाददाता
२०७८ आश्विन १

इन्टरनेट सेवाप्रदायकहरुकोे छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान)ले बिहीबार ग्रामीण क्षेत्रमा ३०० रुपैयाँ र शहरी क्षेत्रमा १५० रुपैयाँसम्म इन्टरनेट शुल्क बढाउने निर्णय गरेका छन् । कुलमान घिसिङ र इन्टरनेट सेवाप्रदायक कम्पनीको कुरा मिल्न नसक्दा उपभोक्ता मारमा पर्ने भएका छन । प्राधिकरण र मन्त्रालय स्तरबाटै ५०० प्रतिशतसम्म बढेको पोलभाडा शुल्क घटाउन असहयोग भएपछि सेवाप्रदायकले अप्रत्यासित रुपमा शुल्क बढाएर नियामक दूरसञ्चार प्राधिकरणमा पेश गरेका हुन् ।अन्तराष्ट्रिय बजारमा व्यान्डवीथ सस्तिँदै गए पनि नेपालको दूरसञ्चार क्षेत्रमा लाग्दै आएका अत्याधिक करले मूल्य घट्न नसकिरहेको अवस्थामा पोलभाडा विवादले उपभोक्तालाई थप भार पर्ने देखिएको छ ।

इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले ५ सय प्रतिशतसम्म बढेको पोलभाडा तिर्न नसक्ने भन्दै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लाई निबेदन दिएका थियातर, विद्युत प्राधिकरणले आफ्नो संरचना प्रयोग गरे बापत लाग्ने शुल्क घटाउन मानिरहेको छैन । उर्जा मन्त्री पम्फा भुसालले पनि कुलमानले २०७५ सालमा बढेको पोलभाडालाई समर्थन गरेकी छिन् ।