May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

विकास हाइड्रोपावरले सर्वसाधारण को लागि आईपीओ निष्काशन गर्ने ,हेर्नुहोस कहिलेबाट

ipo-results
बिज संजाल संवाददाता
२०७८ आश्विन १

विकास हाइड्रोपावरले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ ।कम्पनीले अधिकृत तथा जारी पूँजी ४६ करोड २८ लाख ५० हजार रुपैयाँ को ३० प्रतिशतले हुन आउने १३ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख ८८ हजार ५०० कित्ता शेयर आईपीओ निष्काशन गर्ने भएको हो ।कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड लाई जिम्मा दिएको छ ।

कम्पनीले गोरखा जिल्लाको दार्चे गाउँपालिकामा अवस्थितमा छाखोला अपर माछाखोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । ४.५५ मेगावाटक्षमताको आयोजना निर्माण गरेको कम्पनीले हालसम्म ५० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको जनाएको छ ।