May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

आँखुखोलाको लक इन अवधि समाप्त हुँदै, हेर्नुहोस कहिले खुल्दैछ स्थानीय र संस्थापक सेयरको कारोबार

बिज संजाल संवाददाता
२०७८ आश्विन १

आँखुखोला जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको सेयर असोज ५ गतेदेखि कारोबारका लागि खुला हुने जानकारी दिएको छ । असोज ४ गते लक इन अवधि समाप्त हुने भएपछि स्थानीयको सेयर पनि नेप्सेमा कारोबारका लागि खुला हुन लागेको हो । कम्पनीले धादिङ जिल्लाका स्थानीयलाई २०७५ असोज ४ गते ६ लाख २३ हजार ९८० कित्ता सेयर बाँडफाँट गरेको थियो । उक्त मितिले ३ वर्ष पुगेपछि लक इन अवधि समाप्त भएको हो ।