May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

दसैँतिहार को लागि सहुलियत पसल आजबाट सुरु ,हेर्नुहोस कहाँ र केमा कति छुट

बिज संजाल संवाददाता
२०७८ आश्विन १

आजबाट सरकारले देशका विभिन्न स्थानमा दसैँतिहार को लागि सहुलियत पसल सञ्चालनमा आएको बताएको छ । चाडपर्वमा उपभोक्तालाई सस्तोमा सामान बिक्री गर्ने लक्ष्यसहित सरकारले सहुलियत पसल सञ्चालनमा ल्याएको हो। जसअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत देशका ८५ स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछन्। व्यापार कम्पनीले देशभरका ४३ स्थानमा, कर्पोरेसनले ३२ र राष्ट्रिय दुग्ध विकास संस्थानले १० स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएका हुन् । छठसम्म सञ्चालन हुने यी पसलमा दाल, चामल, चिनी, नुन, खानेतेल, घिउलगायतका वस्तु बिक्रीमा राखिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। सहुलियत पसलहरुमा प्रतिकिलो नुनमा २ रुपैयाँ, दालमा ५ रुपैयाँ, चिउरामा ५ रुपैयाँ, आटामा ५ रुपैयाँ, तोरीको तेलमा मा ५ रुपैयाँ,सूर्यमुखी तेल मा ५ रुपैयाँ, सिमीमा १० रुपैयाँ, फापरमा १० रुपैयाँ, भटमास तेल मा र १० रुपैयाँ चिनीमा ५ रुपैयाँ र चामलमा ५ रुपैयाँ छुट पाइनेछ।

उपत्यकामा व्यापार कम्पनीले उपत्यकाका रामशाहपथ, टेकु, नख्खु, सूर्यविनायक, कलंकी, थापाथली, बनेपा र कोटेश्वर लगायतका स्थानमा सहुलियत पसल सञ्चालन गर्दै छ । यस्तै कर्पोरेसनले कालिमाटी (२), कोटेश्वर, सतुंगल, जावलाखेल र भक्तपुरलगायतका स्थानमा सहुलियत र घुम्ती पसल सञ्चालन गर्ने बताएको छ ।