May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

हेर्नुहोस उतारचढावपूर्ण मा रहेको नेप्सेको यात्रा अब कतातिर जाला आहिले लगानी गर्नु ठिक हो कि होइन

nepal-share-market
बिज संजाल संवाददाता
२०७८ आश्विन १

हिजो बिहीबार दिनभरको कारोबारमा ९ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । हिजो दिनभर उतारचढावपूर्ण रहेको सेयर बजार बन्द हुने बेलामा साढे ७६ अंकको गिरावटसहित २ हजार ८ सय १२.३९ विन्दुमा झरेको थियो । अधिकांश वाणिज्य बैंक तथा विकास बैंकले मुद्दति निक्षेपको ब्याजदर बढाएका छन्। जसको असर भने बजारमा परेको हो। सेयर बजार र बैंक ब्याजदर ठिक उल्टो सम्बन्ध रहेको हुन्छ। बैंकको ब्याजदर घट्दा सेयर बजार बढ्छ भने बैंकको ब्याजदर बढ्दा सेयर बजार घट्छ।अधिकांश वाणिज्य बैंक तथा विकास बैंकले मुद्दति निक्षेपको ब्याजदर असोज १ गते बाट लागु हुने गरि बढाएका छन्।
यस स्थिति लाई हेर्दा बजार तत्काल बढ्ने सम्भावना देखिदै। बिस्लेशक हरुको बुजाई अनुसार केहि समय सम्म उतारचढावपूर्ण रहनेछ। केहि समय पछि भने बजार बढ्ने नै देखिन्छ तर अहिले नै बढ्न सक्छ भनेर भन्न नसकिने बिस्लेशकहरु बताउछन्।