May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

बैंक वित्तीय संस्थाले सार्वजनिक गरे नया ब्याजदर,हेर्नुहोस अब कुन कुन को ब्याजदर कति

बिज संजाल संवाददाता
२०७८ भाद्र ३१

बैंक वित्तीय संस्थाहरुले असोज १ देखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। गत महिनाको तुलनामा सबै बैंकहरुले बचत, मुद्दती तथा कर्जाको ब्याज बढाएका छन्।

हेर्नुहोस कति पुग्यो नया ब्याजदर
महालक्ष्मी बिकास बैक

महालक्ष्मी बिकास बैंकले बचतमा न्युनतम ४.३० प्रतिशत र अधिकतम ५.५० प्रतिशत ब्याज तोकेको छ भने मुद्दतिमा व्यक्तिगत र संस्थागततर्फ करिब ९.३० प्रतिशत तोकेको छ। त्यस्तै कर्जामा आधार दर अर्थात बेस रेटमा ७ प्रतिशतसम्म जोड्ने भनेको छ। महालक्ष्मीको बेस रेट ७ प्रतिशत रहेको छ।

प्राइम कमर्शियल बैंक

प्राइम कमर्शियल बैकले बचतमा ४.७६ प्रतिशत ब्याज दिने भएको छ भने मुद्दतिमा बढीमा व्यक्तिगत तर्फ ९.२५ र संस्थागत तर्फ ९.७६ प्रतिशत दिने भएको छ। त्यस्तै कर्जामा आधार दर अर्थात बेस रेटमा ६.९९ प्रतिशत जोड्ने भनेको छ। प्राइमको बेस रेट ७.२१ प्रतिशत रहेको छ।

सानिमा बैंक

सानिमा बैंकले बचतमा न्युनतम ४.५१ प्रतिशत र अधिकतम ५ प्रतिशत कायम गरेको छ भने मुद्दतिमा व्यक्तिगत ९.६१ र संस्थागत ९.५१ प्रतिशत तोकेको छ। त्यस्तै कर्जामा आधार दरमा ७ प्रतिशतसम्म जोड्ने भनेको छ। सानिमाको बेस रेट ६.१४ प्रतिशत रहेको छ।