May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
Nepal 1:37:26 pm
Trending

आज एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद र लाभांश सुरक्षित गर्ने अन्तिम दिन

बिज संजाल संवाददाता
२०७८ भाद्र ३१

आज एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद र लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। बैंकले साधारण सभा र हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोलि अर्थात असोज १ गतेदेखि बुकक्लोज गर्ने भएको छ।

बैंकले लाभांश प्रस्ताव पारित गर्न असोज १६ गते बिहान ११ बजे सिद्धार्थ होटल, विर्तामोड, झापामा पन्ध्रौ वार्षिक साधारण सभा बोलाएको हो। सभाले आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने ९ करोड ७३ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ५१ लख २२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।यस्तै साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन समेत गर्ने जनाएको छ ।