May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

आजदेखि सुरु भयो बजेट होलिडे शुरु , हेर्नुहोस के के हुन्छ बजेट होलिडेमा

बिज संजाल संवाददाता
२०७८ भाद्र ३०

सरकारले आज मध्यरातबाट बजेट होलिडे शुरु हुने बताएको छ।बजेट होलिडे शुरु भएपछि सरकारी कोष खर्च गर्न नपाउने भएको छ । अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित नभएपछि सरकारले केही दिनका लागि खर्च गर्न नपाउने भएको हो ।प्रतिनिधिसभाबाट विधेयक पारित नभएसम्म सरकारी कोषबाट खर्च गर्न पाइदैन् । यस्तो अवस्थालाई ‘बजेट होलिडे’ भनिन्छ ।
अब प्रतिनिधी सभाको बैठक असोज ४ गते बोलाएको छ । सरकारले अब आउने प्रतिनिधी सभाको बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ । तर प्रतिपक्षी नेकपा एमाले संसदको बैठक अवरोध गर्दै आइरहेको छ ।