May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

ज्योति विकास बैक र प्रभु इन्सुरेन्सको सेयर लिलामी बिक्री खुल्यो ,हेर्नुहोस दर कति र कहिलेसम

auction-share
बिज संजाल संवाददाता
२०७८ भाद्र २९

ज्योति विकास बैक र प्रभु इन्सुरेन्सको सेयर लिलामी सेयर बिक्री मा खुलेको छ। मुक्तिनाथ क्यापिटलले मंगलबार (भदौ २९ गते) देखि आफ्नो स्वामित्वमा रहेको ज्योति विकास बैक र प्रभु इन्सुरेन्सको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको जानकारी दिएको हो । कम्पनीले ज्योतिको २९ हजार २५० कित्ता र प्रभु इन्सुरेन्सको ६ हजार ३६ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । जसमा लगानीकर्ताले ज्योतिको सेयरमा न्यूनतम १४५ रुपैयाँ र प्रभुको सेयरमा ३५० रुपैयाँ न्यूनतम रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा कात्तिक ३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलल हात्तिसारमार्ग कमलादी, काठमाडौंमा बुझाउन सकिनेछ ।