May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

आजबाट सञ्चालनमा आउने भयो नेपाल टेलिकमको ‘नमस्ते पे’ , हेर्नुहोस के के सुबिधा छ त नमस्ते पे मा

बिज संजाल संवाददाता
२०७८ भाद्र २९

नेपाल टेलिकमको ‘नमस्ते पे’ आजबाट सञ्चालनमा आउने भएको छ। नमस्ते पे सरकारीस्तरबाट सञ्चालन हुने पहिलो भुक्तानी सेवा प्रदायक हो। नमस्ते पे नेपाल र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा स्थापित भएको हो। नमस्ते पे नयाँ विशेषताहरुका साथ सुरुआत गर्न लागिएको कम्पनीले जनाएको छ। नमस्ते पे सञ्चालनका लागि नेपाल राष्ट्र बैंकले गत चैत ३ गते अनुमति दिएको थियो। आनुमति पाएपछि जतिसक्दो छिटो संचालनमा आउने भनेता पनि कोभिडको दोस्रो लहरका कारण नमस्ते पे आउन केहि ढिलो भएको हो।

मोबाइल मनी सञ्चालनका लागि नेपाल टेलिकमले विगत २ वर्ष थालेको थियो । नमस्ते पेको मुख्य विशेषता भनेको यसबाट अनलाइन र अफलाइन कारोबार गर्न सकिन्छ। यो सेवाअन्तर्गत मोबाइल ब्यालेन्सबाटै सामान किन्न सक्ने व्यवस्थासमेत गरिएको नेपाल टेलिकमले जनाएको छ। यसैगरी नमस्ते पे बैंकिङ वालेट सेवा, क्यूआर तथा सरकारी राजस्व तिर्न बढी केन्द्रित रहेको छ। यसबाट पानी, बिजुली र टेलिफोनको बिल तिर्ने पनि सकिन्छ। विभिन्न सेवाका टिकट काट्न र रकम ट्रान्सफर गर्न पनि सकिने टेलिकमले जनाएको छ। नमस्ते पेको सबै सेटलमेन्ट वाणिज्य बैंकले गर्नेछ।