May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

साहस उर्जाको असोज ६ गतेदेखि आइपीओ आउने ,हेर्नुहोस सर्बसाधारण को लागि कति

बिज संजाल संवाददाता
२०७८ भाद्र २९

साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।जसमा प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । कम्पनीले कुल ७० लाख कित्ता आइपीओ निष्कासन गर्ने जनाएको छ । जसको ५% मा हुन आउने ३ लाख ५० हजार कित्ता म्युचुअल फन्ड र ३% २ लाख १० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको र बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनी ले जनाएको छ । आबेदन दिदा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आबेदन दिन सकिनेछ। प्रति कित्ता को मूल्य १०० रहेको छ।

कम्पनीको आइपीओ छिटोमा असोज १० गतेसम्म भर्न सकिन्छ भने उक्त अवधिमा सबै आइपीओ बिक्री नभएमा भने असोज २० गतेसम्म भर्ना सकिनेछ । लगानीकर्ताले सि–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत अनलाइनबाट सेयर भर्न सक्नेछन् ।
। इक्रा नेपालले साहस उर्जालाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने डबल बी माइनस रेटिङ दिएको छ । साहसले हाल सोलुखुम्बु जिल्लामा ८६ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । जसको प्रतिमेगावाट लागत १३ करोड ७९ लाख ७ हजार रुपैयाँ रहेको छ । सर्वसाधारणलाई आइपीओ बिक्रीपछि यसको कुल सेयर पुँजी ३ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।