May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

हेर्नुहोस कहिले हुन्छ मध्यभोटेकोशीको आईपीओ निष्कासन

jeevan-bikash-laghubitta-ipo-open
बिज संजाल संवाददाता
२०७८ भाद्र २८

मध्यभोटेकोशी जलविद्युत कम्पनीको आईपीओ सर्वसाधारणका लागि दसैँअगाडि नै निष्कासन गरिने भएको छ। धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालका अनुसार दसैँअगाडि मध्यभोटेकोशीको आईपीओ निष्कासन हुने प्रबल सम्भावना छ। उनका अनुसार जतिसक्दो छिटो आईपीओ निष्कासन हुनेछ। कम्पनीको अनुसार सिन्धुपाल्चोकका आयोजना प्रभावित र स्थानीयका लागि निष्कासन गरिएको आईपीओको बाँडफाँड पनि चाडै नै हुनेछ ।

नेपाल धितोपत्र बोर्डले मध्यभोटेकोशीलाइ चुक्तापुँजी ६ अर्ब रुपैयाँको २५ प्रतिशतबराबरको १ अर्ब ५० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति दिएको थियो जसमा १० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ अर्थात ६० लाख कित्ता सेयर कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोकका आयोजना र प्रभावित र स्थानीयका लागि निष्कासन गरिसकेको छ र उक्त निस्कासित सेयर जति सक्दो छिटो बाँडफाँड हुने तयारी पनि कम्पनी ले गरिरहेको छ।