May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

अपर तामाकोशीले डाक्यो एकैपटक २ वर्षको वार्षिक साधारणसभा, हेर्नुहोस मुख्य एजेन्डा

बिज संजाल संवाददाता
२०७८ भाद्र २८

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक गर्ने भएको छ।कम्पनी सञ्चालक समितिको भदौ १७ गते बसेको बैठकले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को १२ औँ र १३ औँ वार्षिक साधारणसभा आउँदो असोज १९ गते बस्ने भएको हो। सभा काठमाण्डौको दरबारमार्गस्थित नेपाल विद्युत प्राधिकरणमा भर्चुअल माध्यमबाट बिहान ११ः३० बाट सुरु हुने पनि कम्पनी ले जनाएको छ । सभाले दुवै आर्थिक वर्षमा आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिन्न सामाजिक संस्थाहरुलगायत अन्य संस्थाहरुलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णयानुसार आर्थिक सहयोग उपलब्ध गराइएको रकम अनुमोदन गर्नेछ।