May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै सडकमा उत्रिएका शेयर लगानीकर्ता , राष्ट्र बैंक र बोर्ड बीच बार्ता हुने

बिज संजाल संवाददाता
२०७८ भाद्र २८

नेपाल राष्ट्र बैंक ऐन विपरीत नियुक्त भएका सिए गभर्नर अधिकारीको राजीनामा माग गर्दै सडकमा उत्रिएका लगानीकर्तालाई नेपाल राष्ट्र बैक र धितोपत्र बोर्डले वार्ताका लागि बोलाएको छ।आज १२ बजे बार्ता को हुने तयारी गरिदैछ।

भदौ २१ गते देखि लगानीकर्ता आन्दोलनको सुरुवात गरेका थिए भने लगानीकर्ता २३ गतेदेखि रिले अनसन बसेका थिय । उनीहरूले माइतीघर मण्डलामा रिले अनसनलाई निरन्तरता दिँदै आएका छन्।मौद्रिक नीतिमा १२ करोडको क्याप लागेपछि लगानीकर्ता असन्तुष्ट छन्। पूँजी बजार विरोधी नीति ल्याएको भन्दै उनीहरूले राजीनामा सहित निर्देशन सच्याउनु पर्ने प्रमुख माग राखेका छन्।