May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
Nepal 1:37:26 pm
Trending

राप्ती हाइड्रोले आईपीओ निष्कासन गर्ने, हेर्नुहोस कति र कहिले

manushi-laghubitta-ipo
बिज संजाल संवाददाता
२०७८ भाद्र २८

राप्ती हाइड्रोले आईपीओ निष्कासन गर्नको लागि धितोपत्र बोर्डसँग आनुमति मागेको छ। अनुमति पाएमा राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले झन्डै २९ करोड ४१ लाख रुपैयाँ बढीको आईपीओ निष्कासन गर्ने कम्पनी ले जनाएको छ। राप्ती हाइड्रोको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले २९ करोड ४१ लाख ४१ हजार रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति माग्दै गत भदौ ८ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो। धितोपत्र बोर्डबाट अनुमति पाएमा यो कम्पनीले स्थानीय र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल २९ लाख ४१ हजार ४१० कित्ता आईपीओ निष्कासन गर्नेछ