May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

अरुण कावेलीले लाभांश दिने, हेर्नुहोस कति र कहिले

बिज संजाल संवाददाता
२०७८ भाद्र २८

अरुण कावेली पावर लिमिटेडले शेयरधनीहरुलाई लाभांश दिने भएको छ । कम्पनीले आफ्नो शेयरधनीहरुलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । शनिबार काठमाडौंमा भएको साधारणसभाले संचित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजिको १७ प्रतिशतको दरले बोनश शेयर लाभांश दिने निर्णय गरेको पनि कम्पनी ले जनाएको छ । कम्पनीले शेयरधनीलाई कर प्रयोजनको लागि थप ०.८९ प्रतिशत नगद लाभांश गरी कुल १७.८९ प्रतिशत दिने निर्णय गरेको छ । पाँचथर र ताप्लेजुङको बिच भएर बग्ने कावेली नदीमा २५ मेघावाटको जलविद्युत आयोजना सञ्चालनमा आइरहेको छ । २०७६ कार्तिक २३ बाट उत्पादन शुरु गरेको अरुण कावेली पावर लिमिटेडले आहिलेसमको आम्दानी ७०.६७ करोड रहेको छ।