May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

प्रभु बैंकको लिलामी सेयर भर्ने आज अन्तिम दिन

बिज संजाल संवाददाता
२०७८ भाद्र २८

प्रभु बैंकको सेयर लिलामी भर्ने आज भदौ २८ गते सोमबार अन्तिम दिन रहेको छ । प्रभुले भदौ १५ गतेबाट २ लाख ५२ हजार ७२८ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको थियो । यसका लागि विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्ने कम्पनी ले जनाएको छ । संस्थापक सेयरको प्रतिकित्ता भाउ २१० रुपैयाँ तोकिएको पनि कम्पनी ले जनाएको छ ।
यसमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । आवेदकले मुक्तिनाथ क्यापिटल हात्तिसार काठमाडौं पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।