May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

तामाकोशीबाट बिजुली उत्पादन हुन थालेपछि खपत गर्ने ठाउँ भएन भारतसग बिजुली किनिदिन आग्रह

बिज संजाल संवाददाता
२०७८ भाद्र २७

तामाकोशीबाट बिजुली उत्पादन हुन थालेको छ। बिजुली उत्पादन हुन थालेपछि खपत गर्ने ठाउँको अभाव देखिन थालेको छ। तामाकोशीबाट बिजुली उत्पादन हुन थालेपछि खपत गर्ने ठाउँ नहुदा कुलमानले भारतसग बिजुली किनिदिन आग्रह गरेका छन। प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रका जलविद्युत आयोजनाहरुबाट वर्खामा उत्पादित विद्युत देशभित्र खपत गर्न नसकी खेर जाने अवस्था आएपछि बिहार स्टेट पावर होल्डिङ कम्पनी लिमिटेडसँग पारस्परिक मौसमी विद्युत आदान-प्रदानको प्रस्ताव गरेको हो । नेपाल र भारतबीच सन् १९७१ देखि विद्युत् आदान-प्रदान हुँदै आएको छ ।।

‘बर्खाका महिनामा २४ सै घण्टा २ सय मेगावाट एवं राति ११ बजेबाट बिहान ६ बजेसम्म थप विद्युत् दिन सकिने र हिउँदमा उताबाट ल्याउने प्रस्ताव राखिएको पनि घिसिङले बताए।