May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

बढ्ने भयो कर सहित बाइक र स्कुटिको मुल्य, हेर्नुहोस कति कति पुग्यो

बिज संजाल संवाददाता
२०७८ भाद्र २७

अर्थमन्त्री जनार्दन शर्माले २ पाङ्ग्रे सवारी साधनमा लाग्दै आएको कर बढाएका छन् । शुक्रबार विधयेक मार्फत उनले २ पाङ्ग्रे सवारीसाधनको बर्गिकरण फेरबदल गरेर कर बढाएका हुन् । कर सहित शर्माले बाइक र स्कुटिको मुल्य पनि बढाएका छन्।
मन्त्री शर्माले १ सय २५ सीसी नाघेको तर २ सय सिसी ननाघेको मोटरसाइकलमा १० प्रतिशत अन्त:शुल्क वृद्धि गरेको हुन्। यस संगै अब १ सय २५ सीसी नाघेको तर २ सय सिसी ननाघेको मोटरसाइकलमा १० प्रतिशत नै बढेको छ ।त्यस्तै २०० देखि २५० सिसीको मोटरसाइकलमा अब ६० प्रतिशत अन्तशुल्क तिर्नु पर्ने छ । यस अघि १५५ देखि २५० सीसीका बाइकले ५० प्रतिशत अन्तशुल्क तिर्दै आएका थिए । त्यस्तै ५ सयदेखि ८ सय सीसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत अन्तशुल्क लाग्दै आएमामा त्यसलाई बढाएर १०० प्रतिशत पुर्याईएको छ।

त्यस्तै शुक्रबारको विधयेक मार्फत मूल्य पनि बढेको छ । जस अनुसार अब १२५ सीसीसम्मको बाइक र स्कुटरले १५ हजार तथा १२५ देखि २५० सीसीसम्मको २ पाङ्ग्रे सवारीले १८ हजार सडक निर्माण दस्तुर तिर्नु पर्ने छ । यस अघि १५५ सीसीस्ममको लागि १५ हजार र १५५ देखि २५० सीसीसम्मको लागि १८ हजार सडक निर्माण दस्तुर तोकिएको थियो । सरकारले निर्माण दस्तुरको हकमा २ पाङ्ग्रे सवारीको बर्गिकरण नै हेरफेर गरेको हो । २५० सीसीभन्दा माथिका २ पाङ्ग्रे सवारीको निर्माण दस्तुर भने बढेको छैन ।