May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

लाभांश पारित गर्न नेपाल ल्युव आयलले गर्यो साधारण सभा आह्वान

बिज संजाल संवाददाता
२०७८ भाद्र २७

नेपाल ल्युव आयल ले लाभांश पारित गर्न साधारण सभा बोलाउने भएको छ । कम्पनीले असोज १८ गते सोमबार बिहान ११ः३० बजे संस्थाको कार्यालय झम्सिखेल ललितपुरबाट २९ औं वार्षिक साधारण सभा बोलाएको हो। साधारण सभाले सञ्चालक समितिले सिफारिस गरेको ३० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश शेयरधनीहरुका लागि वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ। , सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्ने पनि कम्पनी ले जनाएको छ

साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज ५ गतेदेखि १८ गते सम्म बुक क्लोज गर्ने छ। त्यस अनुसार असोज ४ गते सम्म कायम शेयरधनीले कम्पनीको लाभांश पाउनेछन्।