May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

प्रभु क्यापिटलले ४०% नगद लाभांश दिने

बिज संजाल संवाददाता
२०७८ भाद्र २७

प्रभु क्यापिटलको १३ औं वार्षिक साधारण सभा असोज १६ गते हुने भएको जानकारी दिएको छ ।कम्पनीले ४०% नगद लाभांश वितरण गर्ने सोच सहित वार्षिक साधारण सभा गर्न लागेको हो । साधारण सभा होटल एल्फट, छाँया सेन्टर ठमेल काठमाडौमा बिहान ११ बजे सुरु हुने पनि कम्पनी ले जनाएको छ ।

सभामा आर्थिक वर्ष २०७७–७८ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेश हुनेछ ।