May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

हेर्नुहोस किन भयो गोर्खाज फाइनान्सको वार्षिक साधारणसभा फेरी स्थगित

बिज संजाल संवाददाता
२०७८ भाद्र २४

गोर्खाज फाइनान्स लिमिटेडले वार्षिक साधारणसभा फेरि स्थगित भएको जानकारी दिएको छ । गोर्खाज फाइनान्सको सञ्चालक समितिले गत भदौ ९ गते बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ को २६ औँ वार्षिक साधारणसभा आज भदौ २४ गते आयोजना गर्ने निर्णय गरेको थियो तर उच्च अदालत पाटनको अन्तरिम आदेश हिजो साँझ प्राप्त भएकोले हालले वार्षिक साधारणसभा स्थगित गरिएको कम्पनीले जनाएको छ।

यसअघि साधारणसभा गर्ने भनिए पनि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले पनि कोरोना जोखिमका कारण २५ जनाभन्दा बढी सहभागी भएर कुनै पनि सभा, सम्मेलन र समारोहजस्ता कार्यक्रम गर्न नपाइने भएकोले साधारणसभा स्थगित भएको थियो।