May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

आज फर्स्ट माइक्रोफाइनान्सको सेयर लिलामी भर्ने अन्तिम दिन

बिज संजाल संवाददाता
२०७८ भाद्र २४

फर्स्ट माइक्रोफाइनान्स (आइसीएफसी) फाइनान्सको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्सको ३ लाख १९ हजार ४१० कित्ता संस्थापक सेयर लिलामी भर्ने आज भदौ २४ गते अन्तिम दिन हो । यसमा न्यूनतम ३०० रुपैयाँ भाउ राखेर आवेदन दिन सकिने कम्पनी ए जनाएको छ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १००० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, हात्तिसार कमलादी काठमाडौंमा बुझाउन सकिनेछ ।