May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

एक्सेल डेभलमेन्टले गर्यो साधारणसभा आह्वान

बिज संजाल संवाददाता
२०७८ भाद्र २३

एक्सेल डेभलमेन्ट बैंक ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज १६ गते शनिवार बिर्तामोडको सिद्धार्थ होटेलमा आर्थिक वर्ष ७६/७७ को सभा आह्वान गरेको जानकारी दिएको छ ।कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने पनि कम्पनी ले जनाएको छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने ९ करोड ७३ लाख ३४ हजार ५ सय ४६ रुपैयाँ ९७ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशतले हुन आउने ५१ लाख २२ हजार ८ सय ७० रुपैयाँ ८९ पैसा नगद लाभांश गरि कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज १ गते देखि असोज ८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यस हिसाबमा भदौ ३१ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।