May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

तेह्रथुम पावरको आइपीओ बाँडफाँट हुने दिन तय हेर्नुहोस कहिले ?

ipo-results
बिज संजाल संवाददाता
२०७८ भाद्र २१

बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले दिएको जानकारी अनुसार तेह्रथुम पावर कम्पनीको आइपीओ बुधबार बाँडफाँट हुने सम्भावना रहेको छ । क्यापिटलका अनुसार आज सोमबार (भदौ २१ गते) प्रि–अलोटमेन्ट सम्पन्न भएको छ भने बुधबार बाँडफाँट गर्ने तयारी भएको छ ।आइपीओ बाँडफाँट गोलाप्रथाबाट हुनेछ तेस्सैले आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । ।

कम्पनी को अनुसार २३ लाख ९६ हजार ३४८ जना आवेदकबाट कुल ३ अर्ब १२ करोड ४६ लाख ९१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको ७ लाख ४४ हजार कित्तालाई आधार मान्दा ७४ हजार ४०० हजार आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने २३ लाख २१ हजार ९४८ जना भने आइपीओ पाउनबाट बञ्चित हुने निश्चित देखिन्छ ।कम्पनीले भदौ ९ गतेबाट सर्वसाधारणका लागि ८ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । जसमध्ये ५% (४० हजार कित्ता) म्युचुअल फन्डलाई र २% (१६ हजार कित्ता) सेयर कर्मचारीलाई सुरक्षित गरेको थियो । बाँकी ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो । तेह्रथुम पावरले तेह्रथुम जिल्लामा ७.५ मेगावाटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।

यस आयोजनाको कुल लागत १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ रहेको छ । यसको प्रतिमेगावाट लागत भने १७ करोड ८९ लाख रुपैयाँ छ । यसअघि कम्पनीले साउन ५ देखि १९ गतेसम्म आयोजना प्रभावित स्थानीयलाई ४ लाख कित्ता आइपीओ बिक्री गरेको थियो । अब सर्वसाधारणलाई पनि आइपीओ बिक्री गरिसकेपछि यसकोे चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।