May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

अर्घाखाँची सिमेन्टले पनि गर्यो आइपिओ निष्कासनको तयारी

बिज संजाल संवाददाता
२०७८ भाद्र २१

अघिल्लो साता ४३ ग्रेडको सिमेन्ट उत्पादन अनुमति पाएको अर्घाखाँची सिमेन्टले लिमिटेडले सिमेन्टको इजाजत बिहीबार प्राप्त गरेको छ ।
अर्घाखाँची सिमेन्ट कम्पनीका महाप्रबन्धक उद्धव कार्कीका अनुसार अबको १५ दिन भित्र सो उद्योगले ५३ ग्रेडको सिमेन्ट उत्पादन गर्ने अनुमति समेत प्राप्त गर्दैछ। नेपाल गुणस्तर तथा नापतौल विभागले प्रमाणीकरण गरी सिमेन्ट कम्पनीलाई उक्त ग्रेडको प्रमाणपत्र हस्तान्तरण गर्ने तयारी गरिरहेको उनले बताए ।

अर्घाखाँची सिमेन्ट कम्पनीले आइपिओ निष्कासनको तयारी समेत गरिरहेको छ। यो कम्पनी गत आर्थिक वर्ष २०७७/०७८ मा प्राइभेट कम्पनीबाट पब्लिक कम्पनी बनेको हो। कम्पनीका प्रमुख वित्त अधिकृत राजु पौडेलका अनुसार कम्पनीले अर्को आर्थिक वर्षभित्र आइपिओ निष्कासनको तयारी गरेको हो ।कम्पनीको कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहेको छ।