May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

सेयर बजारबारे अर्थमन्त्री र गभर्नरबीच टेलिफोनमा भयो कुराकानी, गभर्नरबाट व्यवस्था सच्याउने प्रतिबद्दता

बिज संजाल संवाददाता
२०७८ भाद्र २१

शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थमन्त्री र गभर्नरबीच टेलिफोनमा सम्बाद भएको छ। पछिल्लो परिस्थिति बारे ध्यानाकर्षण भएको अर्थमन्त्रालयले जनाएको छ। राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका छन्। कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका छन्। उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भनेका छन्।

अर्थमन्त्रालयले जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएको जनाएको छ।सेयर धितो कर्जामा ४ करोड र १२ करोडको सिमा तोकिए पश्चात सेयर बजार निरन्तर ओरालो बाटो लागेपछि सेयर लगानीकर्ताहरु आन्दोलित छन्। आन्दोलित लगानिकर्ताहरुले आज नेपाल राष्ट्र बैंक घेराउ समेत गरेका छन्।