May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

अर्थ मन्त्रालयले ठूला लगानीकर्ता ले बजारमा खेले, टुलुटुलु हेरेर नबस्ने चेतावनी

बिज संजाल संवाददाता
२०७८ भाद्र २१

अर्थ मन्त्रालयले सेयर बजारमा देखिएको प्यानिक सेललाई नजिकबाट हेरिरहेको बताएको छ यसको साथै ठूला लगानीकर्ता ले बजारमा खेले टुलुटुलु हेरेर नबस्ने चेतावनी पनि दिएको छ। अर्थमन्त्री जनार्दन शर्माको सचिवालयका एक सदस्यले बजारलाई सुनियोजित रुपमा घटाइएको र सर्वसाधारण लगानीकर्तालाई आतंकित बनाउने काम भएको भन्दै आइतबारको बजार गिरावटलाई नजिकबाट नियालिरहेको बताएका हुन्। ‘बजारका हरेक गतिविधिका विषयमा हामी अपडेट छौँ’, ती अधिकारी बिजशालासँग भने, ‘बजार यसरी घट्नुपर्ने कुनै कारण छैन। ठूला लगानीकर्ताको स्वार्थअनुसार यी सबै काम भएको देखिन्छ।’