May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

नेप्से ५ प्रतिशतले घटेपछि लगाईयो सर्किट ब्रेक

nepse-index-down
Biz Sanjal
२०७८ भाद्र २०

आइतबार शेयर बजार परिसूचक नेप्सेमा भारी अंकको गिरावट आएपछि सर्किट ब्रेक लगाईएको छ । आइतबार नेप्से सूचक ५.०३ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको छ । यस संगै शेयर बजारमा ४० मिनेट कारोबार रोक्का गरिएको छ ।

सर्किट ब्रेकको नियम अनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से सूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेट कारोबार स्थगित गरिन्छ । त्यस्तै दोस्रो घण्टामा सूचक ५ प्रतिशतले घटे वा बढे ४० मिनेट कारोबार स्थगित गरिन्छ । र तेस्रो घण्टा वा त्यसपछिको समयमा सूचक ६ प्रतिशतले घटे वा बढे बाँकि पुरै दिनको कारोबार स्थगित गरिन्छ ।

शेयर बजारको सम्पूर्ण जानकारीको लागि हाम्रो फेसबुक  पेज  www.facebook.com/bizsanjal मा फलो गर्नुहोला