May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

आजबाट सुरु भयो सवारीको लाइसेन्स परीक्षा सुरु, हेर्नुहोस कस्ता आउँछन् प्रश्न ?

बिज संजाल संवाददाता
२०७८ भाद्र २०

आजबाट बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले आजबाट लाइसेन्स को परीक्षा सुरु भएको छ । वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण स्थगित भएको लिखित तथा ट्रायल परीक्षा पुनः सञ्चालन हुने भएको हो ।

हेर्नुहोस कसरि संचालन गर्दैछ परीक्षा


परीक्षा सञ्चालनको नयाँ मापदण्डमा परीक्षार्थीले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्दै मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने, परीक्षाका क्रममा भीडभाड नगरी भौतिक दूरी कायम गर्नुपर्ने, परीक्षा केन्द्रमा प्रवेश गर्नु अगाडि परीक्षार्थीको शारीरिक तापक्रम मापन गर्नुपर्ने, प्रश्नपत्र वितरण तथा हाजिरी गराउँदा उच्च सतर्कता अपनाउनुपर्ने र मापदण्डअनुसार परीक्षा सुरु हुनुअगावै परीक्षार्थीलाई ट्रायल हुने समय तोकेर परीक्षा सञ्चालन गर्नुपर्नेछ ।परीक्षार्थी तोकिएको समयमा उपस्थित हुन नसकेमा अनुपस्थित मानिनेछ। रीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० परीक्षार्थीलाई मात्र सहभागी गराउन पाईने छ ।

‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन निर्देशिका, २०७७’ अनुसार हुने परीक्षामा विभागले विभागले मोटरसाइकल, स्कुटरसहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यानको अनुमतिपत्रको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सबै निकालिसकेको छ ।

लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्थासम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियमको पालना तथा सवारी साधनको प्राविधिक पक्षसम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटी पूर्णाङ्क १०० रहने गरी चार÷चार अङ्कका जम्मा २५ वस्तुगत बहुउत्तर प्रश्न सोधिने जनाएको छ । त्यही सङ्ग्रहभित्रबाट २५ वस्तुगत बहुउत्तर प्रश्न सोधिने र ३० मिनेटको उक्त परीक्षामा उत्तीर्ण हुन न्यूनतम ६० अङ्क ल्याउनुपर्ने छ ।