May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

नेपाल र भारत बीचको दोस्रो मैत्रीपूर्ण खेल आज

बिज संजाल संवाददाता
२०७८ भाद्र २०

नेपाल र भारतबीच आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । विहीबारको पहिलो खेलमा १–१ गोलको बराबरी भएको थियो भने आजको खेल दशरथ रंगशालामा साँझ ५ः३० बजेदेखि सुरु हुनेछ ।रंगशालामा ५ हजार दर्शकले प्रत्यक्ष खेल हेर्न सक्नेछन् । अखिल नेपाल फुटबल संघ एन्फाले ५ हजार १ सय टिकट बिक्री गर्ने जनाएको छ । भीआईपी प्यारापिटका लागि २ हजार र साधारण प्यारापिटमा १ हजार टिकट शुःल्क तोकिएको छ ।

बिहिबारको खेलमा ३६ औँ मिनेटमा अञ्जन विष्टले गोल गरेर नेपाली टिमलाई अग्रता दिएका थिए तर अग्रता लै जोगाउन नसक्दा दोस्रो हाफको ६० मिनेट अनिरुद्र थापाको गोलमार्फत भारतले बराबरी गरेको थियो ।