May 22, 2024, Wednesday
२०८१ जेष्ठ १०
Nepal 1:37:26 pm
Trending

बिक्रीमा आयो लुम्बिनी विकास बैंकको ४ लाख ९५ हजार कित्ता संस्थापक सेयर

बिज संजाल संवाददाता
२०७८ भाद्र २०

लुम्बिनी विकास बैंकका संस्थापक सेयरधनीले ४ लाख ९५ हजार ८८६ कित्ता सेयर बिक्री गर्ने जानकारी दिएका छन् । संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न लागेको भन्दै बैंकले सार्वजनिक सूचना जारी गरेको छ जसको लागि संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र लुम्बिनी विकास बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।