May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

४०% हकप्रद बिक्री गर्न आइएमई जनरल इन्सुरेन्सले बोर्डसँग अनुमति माग्यो

बिज संजाल संवाददाता
२०७८ भाद्र १८

आइएमई जनरल इन्सुरेन्स कम्पनीले ४०% हकप्रद बिक्री गर्न १०ः४ अनुपातमा ४६ लाख ३० हजार २५८ कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्न लागेको हो । आइएमई जनरलले हाल कायम चुक्ता पुँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँबाट ४०% हकप्रद बिक्री गर्ने जनाएको छ । उक्त हकप्रद बिक्रीपछि भने कम्पनीको पुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्ने पनि जनाएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले २३ करोड ४६ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ११.६०% ले खुद नाफा वृद्धि गरेको हो । यस अवधिमा कम्पनीले ५८ करोड ७९ लाख ७१ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ २७ पैसा र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ७४ पैसा रहेको छ ।