May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

बिज संजाल संवाददाता
२०७८ भाद्र १८

नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी भर्ने आज (भदौ १८ गते) शुक्रबार अन्तिम दिन हो । बैंकले भदौ ४ गतेदेखि कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले यसमा न्यूनतम १४ सय १० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्ने कम्पनी ले जनाएको छ । यस लिलामी सेयरमा एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट लिलामी दिनुपर्नेछ ।