May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
Nepal 1:37:26 pm
Trending

सामलिङ पावरको आइपीओ शुक्रबारदेखि खुला हुने ,हेर्नुहोस कसले कसले भर्न पाउने

ipo-results
बिज संजाल संवाददाता
२०७८ भाद्र १७

कारोना भाइरस को कारण सामलिङ पावर कम्पनीको स्थगित आइपीओ शुक्रबार (भदौ १८ गते) देखि पुनः खुला हुने भएको छ । यसअघि कम्पनीले आयोजना प्रभावितका लागि साउन २२ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भए पनि स्थगित भएको थियो तेसैले आयोजना प्रभावित स्थानीयले अब शुक्रबारदेखि पुनः यस आइपीओमा आवेदन दिन सक्ने कम्पनी ले जनाएको छ । कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावितका लागि कुल ५ लाख कित्ता आइपीओ बिक्री खुला गर्ने जनाएको छ । जसमध्ये अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं ४ र ५ का स्थानीय बासिन्दालाई ४०% अर्थात २ लाख कित्ता सेयर छुट्याइएको छ ।यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ

बाँकी ६०% अर्थात ३ लासामलिङ पावरको आइपीओ शुक्रबारदेखि खुला हुने ,हेर्नुहोस कसले कसले भर्न पाउने
ख कित्ता भने इलाम जिल्लाभारीका स्थानीयका लागि हुनेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको आइपीओ बिक्री गर्न लागेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । स्थानीयले असोज १ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिसम्म सबै सेयर बिक्री नभएमा भने असोज १७ गतेसम्म खुला रहनेछ ।
लगानीकर्ताले इलाम जिल्लामा रहेका सिद्धार्थ बैंक, एनएमबि बैंक, नेपाल एसबीआई बैंक, सिभिल बैंक र लक्ष्मी बैंक शाखाबाट आवेदन दिन पाउनेछन् ।