May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

अब तत्कालै कुन कुन आईपीओ आउदैछन् ,हेर्नुहोस नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाइसकेका कम्पनीहरु

jeevan-bikash-laghubitta-ipo
बिज संजाल संवाददाता
२०७८ भाद्र १७

लामो समयको लकडाउन पछि रोकिएको आईपीओ हरु आउने क्रम जारी रहिरकेको छ। केहि आईपीओहरु आइसके भने केहि तत्कालै आउने अब तत्कालै कुन कुन आईपीओ आउदैछन् ,हेर्नुहोस नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाइसकेका कम्पनीहरु
क्रममा रहेका छन र केहि कम्पनी हरुले निस्कासन को लागि प्रक्रिया गरिरहेका छन्। आहिलेसमको प्रक्रिया लाई आधार मान्दा आर्थिक वर्ष २०७८/७९ मा 2० कम्पनीको आईपीओ निस्काशन हुने छ। १५ वटा कम्पनी आईपीओ अनुमतिको लागि नेपाल धितोपत्र बोर्डमा निबेदन दिसकेका छन् भने 8 कम्पनी ले ५ हाइड्रो कम्पनी
३ लघुवित्त सहित सहित ८ कम्पनीले आइपीओ जारी गर्न प्रक्रियाहरु गरिरहेका छन् ।

हेर्नुहोस कुन कम्पनीको कति कित्ता र के के भयो प्रक्रिया

१) थ्रि स्टार हाइड्रोपावर :
थ्रि स्टार हाइड्रोपावर कम्पनीको रु.१२ करोड ३१ लाख २५ बराबरको १२ लाख ३१ हजार २५० कित्ता शेयर आइपीओ बिक्री खुला गर्ने तयारीमा बसिरहेको छ । आईपिओ निष्कासनका लागि कम्पनीले गत साउन १७ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । कम्पनीले बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लाई जिम्मा दिसकेको छ ।

२) रिर्भर फेल्स पावर:
रिर्भर फेल्स पावरले आइपीओ निष्कासनका लागि साउन १३ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो। कम्पनीले रु.३४ करोड ३० लाख बराबरको ३४ लाख ३० हजार कित्ता शेयर निष्कासन गर्ने भएको हो । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । ,

३) अपर हेवाखोला हाइड्रोपावर :
अपर हेवाखोला हाइड्रोपावर कम्पनीले रु.२० करोड बराबरको २० लाख कित्ता शेयर आइपीओ बिक्री खुला गर्ने तयारीमा छ । कम्पनीले आईपिओ निष्कासनका लागि गत जेठ २ गते आवेदन पेश गरेको थियो ।कम्पनीले बिक्री प्रबन्धक को जिम्मा एनएमबि क्यापिटल लाइ दिएको छ ।

४) सयपत्री हाइड्रोपावर :
सयपत्री हाइड्रोपावरले ९ करोड बराबरको ९ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै गत वर्षको फागुन २० गते धितोपत्र बोर्ड निवेदन दिएको थियो । कम्पनीको बिक्री प्रबन्धकमा एनएलबिएल क्यापिटल लाइ जिम्मा दीसकेको छ ।

५) अपर सोलु हाइड्रोपावर :
अपर सोलु हाइड्रोपावर कम्पनीले ३३ करोड ७ लाख ५० बराबरको ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्न प्रक्रियामा गैरहेको छ ।यो कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै गत वर्षको चैत १६ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

६) नेष्डो समृद्ध लघुवित्त :
नेष्डो समृद्ध लघुवित्तले ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासनका लागि गत असार ६ गते आवेदन पेश गरेको थियो ।कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेका लाइ जिम्मा दिएको छ ।

७) जल्पा सामुदायिक लघुवित्त:
जल्पा सामुदायिक लघुवित्तले ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै गत असार २० गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

८) उपकार लघुवित्त:
उपकार लघुवित्तले २ करोड ६६ लाख बराबरको २ लाख ६६ हजार कित्ता आईपीओ निष्कसानको अनुमति माग्दै गत साउन १३ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबिआई क्यापिटल रहेको छ ।