May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

फेरी हुने भयो कक्षा १२ को स्थगित परीक्षा भदौ ३० गतेबाट

बिज संजाल संवाददाता
२०७८ भाद्र १६

केहि समय आगाडी स्थगित भएको कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट हुने भएको छ ।बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले भदौ ३० गतेदेखि परीक्षा गर्ने निर्णय गरेको अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।यसअघि साउन ३१ गतेदेखि हुने भनिएको परीक्षा कोरोना भाइरसको महामारीलाई देखाउँदै स्थगित गरिएको थियो ।बोर्डले परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ । यसअघि १२ कक्षाको परीक्षा दुईपटक स्थगित भइसकेको छ । परीक्षा होम सेन्टरमै हुनेछ ।