May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
Nepal 1:37:26 pm
Trending

तेह्रथुम पावरको आईपीओ बाँडफाँड हुने मिति तोकियो हेर्नुहोस कहिले ?

ipo-results
बिज संजाल संवाददाता
२०७८ भाद्र १६

तेह्रथुम पावर कम्पनी लिमिटेडले भदौ ९ गते, बुधबारबाट भदाै १३ गते, आइतबारसम्म सर्वसाधारणमा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड अर्को साता मात्र हुने भएको छ ।बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडका अनुसार डाटा भेरिफिकेसनको काम नै बाँकी रहेकोले अर्को साता मात्र बाँडफाँड हुनेछ । अब डाटा भेरिफिकेसनको काम सुरु गरिने र अर्को सातासम्म बाँडफाँड गरिने तयारी रहेको क्यापिटलले जानकारी दिएको हो ।कम्पनीले भदौ ९ गते, बुधबारबाट सर्वसाधारणहरुका लागि जारी पूँजीकाे २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओनिष्कासन गरेको थियो । जसमध्ये ५% अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २% अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएकाे थियाे ।

अन्तिम दिन साँझ ५ बजेसम्म २३ लाख ९६ हजार ३ सय ४८ जना आवेदकले ३ कराेड १२ लाख ४६ हजार ९ सय १० कित्ताका लागि आवेदन दिएका थिए । यो आवेदन सर्वसाधारणका लागि माग गरिएको भन्दा ४२ गुणा बढी हो ।