May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

नेप्सेमा सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ सूचीकृत,हेर्नुहोस कति पाउँछ ओपनिङ्ग रेञ्ज ?

Sanima-Life-Insurance-IPO-first-day
बिज संजाल संवाददाता
२०७८ भाद्र १६

सानिमा लाइफ इन्स्योरेन्स नेप्सेमा सुचिकृत भएको छ । नेप्से र कम्पनीबीच आज दोस्रो बजारमा आइपीओ सुचिकृत गरी कारोबारका सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको कम्पनीले जनाएको छ । कम्पनीको २ करोड कित्ता आइपीओ नेप्सेमा सुचिकृत भएको हो ।नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १०३.१७ रुपैयाँदेखि अधिकतममा ३०९.५१ रुपैयाँसम्म ओपनिङ रेन्ज दिएको छ ।

सानिमा लाइफले गत साउन २० गतेदेखि साउन २४ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता आईपीओ बिक्री गरेको थियो।