May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

दोर्दी खोलाले असोज ६ मा बोलायो एजीएम आइपीओ ल्याउने कुरामा पनि छलफल हुने

ipo-results
बिज संजाल संवाददाता
२०७८ भाद्र १६

दोर्दी खोला जलविद्युत कम्पनीको साधारण सभा असोज ६ गते बोलाएको छ ।कम्पनी को आनुसार सभामा नियमावली संसोधन गर्ने एजेन्डा पनि राखिनेछ । सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा जुम मार्फत बिहान ११ बजे सुरु हुने जनाएको छ ।

कम्पनीले आइपीओ ल्याउने कुरामा पनि छलफल हुने जनाएको छ। दोर्दीले २९ करोड ५१ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको आइपीओ ल्याउन धितोपत्र बोर्डमा आवेदन दिएको हो । यस कम्पनीले १०० रुपैयाँ दरको २९ लाख ५१ हजार ९२९ कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । कम्पनीले बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटललाइ जिम्मा लगाईसकेको छ ।बोर्डले अनुमति दिएपछि आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ । दोर्दीले आइपीओ ल्याउन रेटिङ गराइसकेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले दोर्दी खोलाको आइपीओलाई औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ दिएको छ । यस कम्पनीले लम्जुङ जिल्लामा १२ मेगावटको दोर्दी १ हेप आयोजना निमार्ण गरिरहेको छ।