May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

नेप्सेका सिइओ चन्द्रसिंह साउदले दिए राजीनामा

nepse-ceo-chandra-singh-saud-resign
Biz Sanjal
२०७८ भाद्र ८

नेपाल स्टक एक्चेन्ज प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले राजीनामा दिएका छन् । नेप्सेको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा साउदले आफूले पदिय जिम्मेवारीमा रहदा कुनै अवाच्छित काम नगरेको भन्दै अनुसन्धानमा सहयोग पुर्याउन राजीनामा दिएको बताएका छन् ।

सर्बोत्तम सिमेन्टको शेयर परिवारको नाममा खरिद गरेको बिषयमा विवाद आएपछि अर्थ समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका सिइओ चन्द्रसिंह साउदलाई कारवाही गर्न निर्देशन दिएको थियो । निर्देशनपछि साउदले राजीनामाको घोषण गरेका हुन् ।